सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडाैं | कात्तिक १५, २०८२

सरकार र आन्दोलनरत नर्सबीच सहमति तस्बिर फाइल

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो ।


मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबार (कात्तिक १६)देखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिइने बताए । सरकार आन्दोलनका क्रममा उठाइएका माग कार्यान्वयनका निम्ति सहमत भएको उनले जानकारी दिए ।


उनले भने, “निजी मेडिकल कलेज तथा ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौँ तह ३४ हजार ७३० रुपैयाँ न्यूनतम पारिश्रमिक तलब दिने सहमति भएको छ । यसैगरी, निजी अस्पतालले क्षमताअनुसार हाललाई ८० प्रतिशत तलब दिनुपर्ने र एक महिनामा अस्पतालको वर्गीकरण गरेर सरकारीसरह तलब पुर्‍याउने सहमति भएको छ ।”


डा। बुढाथोकीका अनुसार, यो विषयमा अध्ययन र आवश्यक सिफारिस गर्न गठित कार्यदलले एक महिनाभित्र प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिनुपर्नेछ ।


सरकारले यसअघि नर्सका माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको थियो । शनिबारको वार्तामा स्वास्थ्यमन्त्री डा। सुधा शर्मा गौतमसहित मन्त्रालयका सचिव डा। विकास देवकोटा, प्रवक्ता बुढाथोकी तथा नर्सिङ संघ र निजी मेडिकल कलेजका पदाधिकारीको उपस्थिति थियो ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...

थप पढ्नुहोस्

कास्की:    धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।    उत्तरतिर लस्करै ...

थप पढ्नुहोस्